www.tandavnews.com
Fact ~ In search of truth

शिव सरस्वती मन्दिरको भवन निर्माणका लागि मुनालको सहयोग

पोखरा ।

पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको बाह्रौं वर्ष पुरा गरेको छ । हिजो माघ ३ गतेबाट मुनाल तेह्रौं वर्षमा प्रवेश गरेको छ ।

आफ्नो तेह्रौं वार्षिक उत्सवको अवसरमा संस्थाले शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

Batas

शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवनको निर्माण सहयोगार्थ पच्चिस हजार आर्थिक सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताइएको छ ।

एक कार्यक्रमका बीच शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माण समितिका सह–कोषाध्यक्ष राधे श्रेष्ठलाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु, कर्मचारीको उपस्थिती रहेको थियो । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्य गर्दै आईरहेकोे संस्थाका सचिव मगनलाल श्रेष्ठले बताए ।

२०६५ माघ ०३ गते देखी कारोबार सञ्चालन गरेको जिल्ला कै अग्रणी यो सहकारीको कास्की जिल्लाभर कार्यक्षेत्र रहेको छ । सहकारीले पोखराको नयाँबजार स्थित आफ्नै निजी भवनबाट आफ्ना सेयर सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाका प्रवन्धक अम्बर थापाले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.