www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधि सभा विघटनको ठीक एक महिना पुरा, देश अब कुन बाटोमा ?

काठमाडौँ,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको एक महिना पुरा भएको छ ।

पार्टीको आन्तरिक विवादलाई सुल्झाउन नसकेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नका लागि गत पुस ५ मा राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । करिब दुई तिहाइ बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको कदमबाट सिर्जित संकटका कारण देश कता जाने हो भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

Batas

नेपाली राजनीतिका विभिन्न पाटाहरुले पनि आगामी दिनमा कस्तो रुप लिने हो भन्नेबारे अझै अन्यौल छ । प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक दलहरुसहित विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित नागरिक समाज पनि सडकमा उत्रिएका छन् । प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको नेकपा, नारायणमान विजुक्छेको नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेपकिपा) र पूर्वपञ्चहरुको पार्टी राप्रपा मात्रै अहिलेसम्म चुनावको पक्षमा उभिएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपासहितका विभिन्न दलहरु चरणवद्ध आन्दोलनमा छन् । विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै दलहरु चुनावमा जाने वा नजानेमा पनि अन्यौलमा छन् । संसद विघटनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.