www.tandavnews.com
Fact ~ In search of truth

सुरक्षाको कारण देखाउँदै रक्सौल डिपो बन्द गर्ने ईन्डियन आयल कर्पोरेसनको निर्णय

काठमाडौँ,
ताण्डव न्यूज ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले सुरक्षाको कारण देखाउँदै रक्सौल डिपो बन्द गर्ने निर्णय गरेको छ ।

निगमको निर्णयपछि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमको प्रादेशिक कार्यालयबाट खरिद गर्नुपर्ने भएको छ । आयल निगमका अनुसार सुरक्षाको कारण देखाउँदै पछिल्लो २ वर्षदेखि भारतले उक्त डिपो बन्द गर्न लागेको नेपाललाई बताउँदै आएको थियो ।

Batas

रक्सौल डिपोबाट लोड भई निगमको शाखा कार्यालय वीरगञ्जबाट बिलिङ गर्दै आएका पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब प्रदेश नम्बर २ को प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने भएको हो । अहिले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

इन्डियन आयल कर्पोरेसनको मोतीहारी डिपो निर्माणको क्रममा रहेकाले पाइपलाइन पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको हो । रक्सौल डिपो बन्द हुने र अमलेखगञ्ज डिपोमा चलिरहेको निर्माण कार्यका कारण पाइपलाइनबाट पनि पूर्ण क्षमतामा पेट्रोलियम पदार्थ आपूर्ति नहुने भएपछि निगमले यस्तो वैकल्पिक व्यवस्था गरेको हो ।

रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ ल्याउन बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताहरुले पेट्रोलियम पदार्थ डिलर्स एसोसियसनको समन्वयमा नेपाल आयल निगमसँग वार्तापछि गरी प्रदेश नम्बर २ को प्रादेशिक कार्यालयबाट खरिद गर्ने सहमति जनाइसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.