www.tandavnews.com
Fact ~ In search of truth

विश्व कीर्तिमानी खगेन्द्रको प्रथम स्मृति सम्पन्न

पोखरा,
ताण्डव न्यूज ।

होचा व्यक्तिको रुपमा विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापा मगरको प्रथम स्मृति सभा सम्पन्न भएको छ ।

२०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा ‘गिनिज वुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका खगेन्द्रको आज (सोमबार) पोखरामा प्रथम स्मृति सभा सम्पन्न गरेको हो ।

Batas

खगेन्द्रले नेपाललाई विश्व सामु चिनाउन पुर्याएको योगदानको मुल्याङकन सहित स्मरण गर्दै प्रथम स्मृति सभा आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष मीन बहादुर रानाले बताए । प्रतिष्ठानका अध्यक्ष राना, उपाध्यक्ष रामबहादुर के.सी., कोषाध्यक्ष दामोदर बाँस्तोला लगायतले खगेन्द्रको तस्विरमा माल्यार्पण सहित स्मरण गरे ।

बागलुङ जिल्ला, वरेङ गाउँपालिका वडा नं. १, धुल्लुवास्कोटमा जन्मेका खगेन्द्र छाती, मुटु सम्बन्धि रोगबाट ग्रसित भई पोखराको मणिपाल शक्षिण अस्पतालमा उपचारकै क्रममा गत बर्ष २०७६ माघ ३ गते निधन भएको थियो । खगेन्द्रका आमा धनमाया थापा मगर र बुवा रुपबहादुर थापा मगरले भने खगेन्द्रको स्मृतिमा बुधबार आफ्नो परम्परा अनुसार उनको स्मृतिमा स्मरण गर्ने भएका छन् ।

२०४९ साल असोज २८ गते जन्मेका खगेन्द्र थापा मगर खगेन्द्र भारत, कोरीया, वेलायत,मलेसिया, अष्ट्रेलिया, इटली, फ्रान्स, आइसल्याण्ड, सुजरल्याण्ड, हङकङ, लम्जम्बर,

होल्याण्ड, कतार हुदैँ अमेरीका सम्मको भ्रमण समेत गरेका थिए । अध्यक्ष रानाको पहलमा २०६३ सालमा खगेन्द्रको हकहितको लागि भन्दै खगेन्द्र थापा मगर प्रतिष्ठान गठन भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.