www.tandavnews.com
Fact ~ In search of truth

नेपाल भित्रियो कोरोनाको नयाँ प्रजाति, तीन जनामा संक्रमण पुष्टि

पोखरा,
ताण्डव न्यूज ।

नेपालमा पनि कोरोनाको नयाँ प्रजाति भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोभिड –१९ को नयाँ प्रजाति/ भेरियन्टको उद्गमस्थल बेलायतबाट नेपाल आएका ३ जनामा यो भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Batas

कोरोनाको नयाँ प्रजाति भाईरसबाट संक्रमित हुनेमा २८वर्षीया महिला, ६७ वर्षीय पुरुष र अर्का ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनीहरुमा बेलायतमा देखिएकै नयाँ भेरियन्ट  Lineage B.1.1.7 0r 20B/501Y.V1  पुष्टी भएको हो ।

तीन जनामध्ये२८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको आर.टी पीसीआर नेगेटिभ आइसकेको छ । भने ६७ वर्षीया पुरुषको पोजेटिभ नै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार उनमा लक्षण भने केही देखिएको छैन् ।

बेलायतबाट हालै फर्किएकाहरुमध्ये ६ जनाको नमुना परीक्षण गर्दा तीन जनाको रिपोर्ट नेगेटिभ र तीन जनाको रिर्पोट पोजेटिभ आएको हो । बेलायतबाट नेपाल आएकाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानीमा राखेको जनाएको छ ।

यस रोगको भ्याक्सिन नेपालमा उपलब्ध नभइन्जेल सावधानी अपनाउनुपर्ने मन्त्रालयले बताएको छ । मन्त्रालयले अझै पनि सकेसम्म भीडभाडमा नजान, जानुपरे पनि दुई मिटरको दूरी कायम राख्न , बाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउन र साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.