www.tandavnews.com
Fact ~ In search of truth

कलाकार र पत्रकारलाई दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको सम्मान

पोखरा
ताण्डव न्युज ।

राष्ट्रिय लोक तथा दोेहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले कलाकार र पत्रकारलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य धनकुमारी थापालाई नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट सम्मान गरियो । तीर्थ सागर स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई प्रदान गरियो । पत्रकार श्रेष्ठले पुरस्कार पाएको रकम गण्डकी प्रदेशको कलाकार कल्याणकारी कोषमा हस्तान्तरण गरे ।

Batas

समारोहमा प्रतिष्ठानको भवन निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका तथा कलाकार शिक्षा पुरस्कार लागि समेत १ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोष खडा गरेका शेरबहादुर गुरुङलाई सम्मान गरियो । प्रतिष्ठान गण्डकी अन्तर्गतका उत्कृष्ट जिल्लामध्ये गोरखा प्रथम, कास्की द्धितीय, स्याङ्जा तृतीय, लम्जुङ र पर्वतलाई प्रोत्साहन पुरस्कार पनि सोही समारोहमा वितरण गरियो ।

यसै गरी प्रतिष्ठान गण्डकी प्रदेशका कार्यसमितिका सदस्यमा उत्कृष्ट कार्य गर्ने पुरुषतर्फ दीपक पौडेल र महिला तर्फ अनिता पन्तलाई सम्मान गरियो । कार्यक्रममा स्नातकोत्तर पूरा गर्ने पूर्ण परियार, राजन कार्की, युवराज भण्डारी र मधुमाया चापागाईलाई सम्मानपत्र प्रदान गरियो । करोड क्लबमा पुग्ने ‘भिर्नी झोला’ गीतबाट गायिका सरस्वती लामिछाने र ‘चौतारीको बर’ गीतका सर्जक नकुल ढकाललाई सम्मान गरियो ।

त्यस्तै केन्द्रीय महाधिवेशन तथा लोक सांस्कृतिक महोत्सवमा कुशलता पूर्वक स्वयंसेवकको भूमिका निर्वाह गर्ने दीपक पौडेल, ईश्वर सिंह, जीवन कार्की, नारायण सुनार, दीपक गदाल, रचित पौडेल, बज्रराज अधिकारी र विनोद रामदामलाई सम्मान गरियो ।

सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ गण्डकीका नवनिर्वाचित अध्यक्ष सञ्जीवबहादुर कोइराला, सृजना विकास केन्द्रका नवनिर्वाचित अध्यक्ष इन्द्र पौडेललाई पनि सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक गायिका प्राज्ञ हरिदेवी कोइराला, केन्द्रीय सचिव जीवन दाहाल, शङ्कर विरही गुरुङ, संरक्षक याम गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले बोलेका थिए ।

प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पूर्ण परियारले स्वागत र सचिव राजन कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.