www.tandavnews.com
Fact ~ In search of truth

कास्की : पौषमा के–के भए आपराधिक घटना, कति पक्राउ परे ? (विवरण सहित)

अर्जुन गाहा (सुशान्त),

पोखरा/ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गत पौष महिनाको आपराधिक घटना विवरण सार्वजनिक गरेको छ ।

Batas

पोखरामा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गर्दै पौष महिना भरि भएका आपराधिक घटना तथा भावी योजनाहरु सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख जीवन कुमार श्रेष्ठले गत पौष महिनामा १७ शिर्षकमा कुल १ सय ६ मुद्धा दर्ता र ७५ जना अभियुक्त पक्राउ परेको बताए ।

उनका अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर १५, लागु औषध ११, जबरजस्ती करणी ३, जबरजस्ती करणी उद्योग २, चोरी १, ठगी ३, ज्यान मार्ने उद्योग १, बैंकिङ कसुर २७, आगो लगाई आत्महत्या १, हाम फाली आत्महत्या १, झुण्डिई आत्महत्या गरेको १६, सवारी ज्यान ४, भवितव्य ज्यान ७, फुटकर ज्यान ८, बहुविवाह ४, बालयौन दुरुपयोग १ र विष सेवन गरी आत्महत्या १ गरी कुल १ सय ६ मुद्धा दर्ता भएका थिए भने पक्राउ पर्नेमा १ विदेशी पुरुष ६६ जना नेपाली पुरुष र ८ जना महिला रहेका छन् ।

पुष महिना अवधिभर विभिन्न स्थानबाट ब्रुफिनर्फिन २१९ एम्पुल, डाईजापाम २२१ एम्पुल, फेनेरागन २२० एम्पुल, नाईट्रोभ्याट ६० चक्की, गाँजा १ किलो १० ग्राम बरामद गरेको छ भने निजी तथा सार्वजनिक सवारी साधन गरी कुल २ हजार ६ सय ५३ साधनलाई ट्राफिक कारवाही गरेको कास्की प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हराएका २७ थान मोबाईल समेत फेला पारी मोबाईल धनिलाई फिर्ता गरेको छ ।

त्यस्तै एसपी श्रेष्ठले पौष महिनामा ३७ वटा जनाचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको बताए । एसपी श्रेष्ठका अुनसार आधारभुत सुरक्षा सम्बन्धि अन्तरक्रिया तथा छलफल १३,लागुऔषध सम्बन्धि प्रशिक्षण ४, लैगिक हिंसा सम्बन्धि जनचेतनामुलक कार्यक्रम ५, ट्राफिक नियम सम्बन्धि प्रशिक्षण २, महिला तथा बालबालिका माथि हुने अपराध सम्बन्धि ५ र कोरोना भाईरस सम्बन्धि जनचेतनामुलक कार्यक्रम १ गरी ३७ वटा कुल कार्यक्रम सम्पन्न गएिको थियो ।

थप विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.