www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्डको व्यङ्ग्य: ‘भेडाको संगतले भेडा भयौ कि भनेर छिनछिनमा ऐना हेर्नुपरेको छ’

काठमाडौँ,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खलनायक र भेडाको संज्ञा दिएका छन्।

दाहाल–नेपाल समूहनिकट अखिल नेपाल महिला संघको सोमबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भेडाको संगत गरेर आँफूपनि किन भेडो भएँ भनेर प्रश्न समेत गरे । आफू पनि भेडै पो हुँकी भन्ने लागेर ऐना हेर्ने गरेको उनले बताए । ‘हामीले केपी ओली जस्ता भेडाहरूको संगत गरियो, हामी पनि भेडा भयौँ किन भन्ने चिन्ता लागेको छ । घरी घरी ऐनामा हेर्नुपरेको छ’ ।

Batas

तर उनले आँफू भेडो नभई सिंहको सन्तान भएको बताउँदै कुरा मोडेका थिए । अहिले संसद् मात्रै नभई संविधान नै विघटन भएको भन्दै यसमा अदालतले छिटो निर्णय गर्नुपर्ने उनको भनाई छ । ओली खलनायक र आँफू नायक भएको उनले बताए ।

ओलीको कदमविरुद्ध महिलाहरु एकैचोटी गर्जिँदा लाखौँ करोडौँ गर्जिएको आवाज आउने उनले बताए।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.