www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाका कारण नेपालमा गरिबीको दर ४ प्रतिशतले बढ्यो

काठमाडौं,
ताण्डव न्यूज ।

कोरोनाले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने सरकारको लक्ष्यमा प्रभाव पारेको र गरिबीको दर पनि ४ प्रतिशतले बढेको योजना आयोगको अध्ययनले देखाएको छ ।

योजना आयोगका अनुसार कोरोनाका कारण ४ प्रतिशतले गरिबी बढेको छ । कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले अपनाएका गतिविधिकै कारण थप १२ लाख जनसङ्ख्या गरिबीको रेखामुनी पर्न गएको अनुमान गरिएको योजना आयोगका सदस्य मीन बहादुर शाहीले सीआइएनलाई जानकारी दिए ।

Batas

अध्ययनले आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर शून्यमा झर्ने स्पष्ट पारेको छ । प्रतिवेदन अनुसार २०७६/७७ को कुल गार्हस्थ उत्पादनको वृद्धिदर ०.६ प्रतिशत मात्र रहने छ । कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न २०७६ चैत ११ देखि २०७७ जेठसम्म अवलम्बन गरिएको पूर्ण बन्दाबन्दी र २०७७ असारमा आंशिक आर्थिक गतिविधि खुकुलो पारिएको थियो । त्यसका आधारमा आर्थिक वृद्धिदरमा ठूलो सङ्कुचन देखिएको हो ।

यसअघि आयोग मातहतकै केन्द्रिय तथ्याङ्क विभागले सो आवमा २.२७ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको थियो । कोभिडले २०७९ सालसम्म अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुने लक्ष्य समेत प्रभावित हुने भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.