www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकाको संसद भवन बन्द, बाइडेनको शपथ ग्रहणको पूर्वाभ्यास रोकियो

काठमाडौँ,
ताण्डव न्यूज ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नुअघि सुरक्षाका कारण वासिङ्गटन डिसीस्थित संसद भवन (क्यापिटल बिल्डिङ) बन्द गरिएको छ ।

अमेरिकी काँग्रेसको घर भनिने क्यापिटल बिल्डिङमा ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले हिंसा मच्चाउँदा ५ जनाको मृत्यु भएको थियो । यस्तै जो बाइडेनको पदभार ग्रहणको पूर्वाभ्यास पनि स्थगित गरिएको छ ।

Batas

बाइडेनको शपथअघि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ भने हजारौं नेशनल गार्ड तैनाथ गरिएको छ । प्रत्यक्षदर्शीले संसद भवन नजिकै धुवाँ उड्दै गरेको देखेको बताएका छन् ।

वासिङ्गटन फायर सर्भिसले नजिकै आगलागीको घटना भएको र त्यसलाई नियन्त्रणमा लिइएको जनाएका छन् । क्यापिटलका कर्मचारीलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ भने कोही भित्रबाहिर गर्न नसक्ने गरी बन्द गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.