www.tandavnews.com
Fact ~ In search of truth

एन्फाको १९ औं साधारण सभा आज

काठमाडौँ,
ताण्डव न्यूज ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा आज बस्दैछ ।

कोरोना भाईरसको महामारीको कारण पटक पटक स्थगित हुँदै आईरहेको एन्फाको साधारण सभा आज हुन लागेको हो । साधारण सभा सानेपामा हुनेछ । यस अघि भदौ १५ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको थियो ।

Batas

साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । जोशीले अनुमातित ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको बटेजलाई साधारण सभामा प्रस्तुत गर्नेछन् ।

त्यस्तै एन्फाले मनाङ, खोटाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई एन्फा सदस्यता प्रदान गर्न साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्नेछ । साधारण सभाले पारित गरेमा एन्फाको सदस्य जिल्ला ४८ पुग्नेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.