www.tandavnews.com
Fact ~ In search of truth

के साँच्चै भारतीय भूमिमा चिनले बस्ती बनाउँदै छ ? विरोधमा खनिए भारतीय मिडिया

पोखरा,
ताण्डव न्यूज ।

यतिबेला भारतीय मिडियाहरुमा भारतको अरुणाञ्चल प्रदेशभित्र चीनले एउटा गाउँ नै स्थापना गर्न लागेको खरबले निकै चर्चा पाइरहेको छ ।

भारतीय च्यानलहरुले उक्त खबर जोड तोडका साथ प्रशारण गरिरहेका छन् । उसो त चिनलाई सत्रुतापूर्ण रुपमा प्रस्तुत गर्नु भारतीय मिडियाहरुको नौलो काम होईन् । तर यसपटक भने उनीहरुले यो खबरलाई प्रशारण गर्दै सरकारको समेत ध्यानाकर्षण गराएका छन् । तर ती खबरहरुमा प्रयाप्त प्रमाणहरु भने प्रस्तुत गरिएका छैनन् ।

Batas

पहिले र अहिलेका केहि तस्वीरहरुकै भरमा भारतीय मिडियाले ‘चिनको दादागिरी’ भन्दै खबर सम्प्रेषण गरेका छन् । भारत–चीन सीमाबाट ४.५ किलोमिटरभित्र चीनले करिब १०० वटा घर बनाउन लागेको जानकारी दिइएको छ । अमेरिकाको एक सेटेलाइट कम्पनीले खिचेको तस्वीरको हवला दिँदै भारतीय मिडियाहरुले खबर दिएका छन् ।

भारतीय न्यूज च्यानल मध्येको एक एनडीटिभीले दिएको खबर अनुसार अरुणाञ्चल प्रदेशको सुबनसिरी जिल्लामा सारी चू नामको नदीको किनारमा चीनले बस्ती बनाएको हो । त्यही स्थानको दुई तस्वीहरु देखाउँदै भारतको जमिनमा चीनले गाउँ नै बसाउन लागेको दावी गरिएको छ ।

२०१९ मा खिचेको तस्वीरमा कुनै संरचना बनेको नदेखिएको र पछि २०२० को अन्त्यतिर खिचिएको तस्वीरमा ठूलो संख्यामा घरहरु बनाइएको देखिएको दावी गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.