www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश ‘मुख्यमन्त्री भलिबल कप’ फागुनको पहिलो साता

अर्जुन गाहा (सुशान्त),
पोखरा /ताण्डव न्यूज।

पोखरामा आगामी फागुनको पहिलो साता पहिलो संस्करणको ‘गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्ला स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७७’ आयोजना हुने भएको छ ।

गण्डकी प्रदेश सरकारको समन्वय र कास्की जिल्ला भलिबल संघको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित फागुन ४ देखी ८ गतेसम्म रङ्गशाला भलिलबल खेल मैदानमा प्रतियोगिता आयोजना हुने आज (मंगलबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

Batas

प्रतियोगिता संयोजक खगेन्द्र गौचनले गण्डकी प्रदेशका ११ जिल्लाबाटै पुरुष तथा महिला टिमको सहभागिता रहने बताए । उनका अनुसार कास्की, स्याङ्जा, पर्वत, तनहुँ, गोरखा, लम्जुङ, नवलपुर, म्याग्दी, बाग्लुङ, मुस्ताङ र मनाङबाट महिला तथा पुरुष टिमको सहभागिता रहनेछ ।

संयोजक गौचनले उक्त प्रतियोगितामा पुरुष तथा महिला टिमहरुलाई उपाधि राशी बराबर रहेको जानकारी दिए । गौचनका अनुसार बिजेता महिला तथा पुरुष टिमले कप, मेडल तथा प्रमाणपत्र सहित २ लाख प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता टिमले कप, मेडल तथा प्रमाणपत्र सहित १ लाख हात पार्नेछ भने सान्त्वना स्थान हाँसिल गर्ने टिमले ५० हजार प्राप्त गर्नेछ ।

गौचनले उक्त प्रतियोगिताबाट उत्कृष्ट बन्ने खेलाडीलाई ५ हजार कप र प्रमाणपत्र सहित पुरस्कृत गर्ने बताए । त्यस्तै उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेण्डरलाई समेत जनही ५ हजारद्वारा पुरस्कृत गरिनेछ ।

प्रतियोगिता पश्चात नवौ राष्ट्रिय खेलकुदको लागि खेलाडीहरुलाई एक महिना बन्द प्रशिक्षण राखिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनाले बताए ।

उनले उक्त प्रतियोगिताबाट उत्कृष्ट प्रतिभाको छनौट गर्दै टिम निर्माण गरिने समेत बताएका थिए । वेस्ट अफ फाईभसँगै लिग सिस्टममा सञ्चालन हुने सो प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले समेत सहयोग गरेको आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.