www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव:यहि माघ २८ भित्र नाटकको भिडियो पठाइसक्नु पर्ने

पोखरा,
ताण्डव न्यूज ।

पोखरा थिएटरले यस वर्षदेखि गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव गर्ने भएको छ ।

गतवर्ष पोखरा महानगरपालिका भित्र रहेका विद्यालयहरुबीच गरिएको नाटक महोत्सव यस वर्षबाट प्रदेश स्तरीय रुपमा गर्न लागिएको पोखरा थिएटरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

Batas

कोभिड–१९ का कारण यस वर्षको महोत्सव भर्चुअल माध्यमबाट नाटकको आवेदन आह्वान, छनोट लगायतका कार्यहरु हुने महोत्सव निर्देशक परिर्वतन कार्कीले जानकारी दिए ।

निर्देशक कार्कीको अनुसार छनोट भएका उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गरिने र ती नाटक पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिने छ । भने थिएटरको युट्युव च्यानलमा पनि राखिने छ ।

आयोजकले दिएको जानकारी अनुसार नाटक महोत्सवमा प्रथम हुनेले नगद ५० हजार र प्रमाण पत्र, द्धितिय हुनेले २५ हजार ,तृतिय हुनेले १२हजार ५०० र सान्त्वना हुनेले ५ हजार र प्रमाण पत्र पाउने छन् ।

नाटक महोत्सवमा सहभागी हुन इच्छुक विद्यालयले भोली माघ ७ गतेदेखि माघ २८ गतेसम्म नाटकको भिडियो पठाइसक्नु पर्ने आयोजकले जनाएको छ ।

नाटकमा प्रस्तुति एकल हुनुपर्ने,नेपाली नाटक हुनुपर्ने, नेपाली भाषा वा साङकेतिक भाषाको पनि प्रयोग गर्न पाइने छ ।
त्यस्तै कुनै पनि जाति, सम्प्रदाय, धर्म , संस्कृतिको मूल्य मान्यतालाई खलल पार्ने खालको नाटक मुल्याङकन प्रक्रियामा सहभागी नगराइने जनाइएको छ ।

नाटकको समयावधि घटिमा १० देखि बढिमा १५ मिनेटसम्मको हुनुपर्ने , नाटकलाई भिडियो खिचेर पठाउनुपर्ने, भिडियो स्पष्ट र गुणस्तरयुक्त हुनुपर्नेछ ।

महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यमिक तहसम्म अध्यनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्ने आयोजकले बताएको छ ।
लेखन, निर्देशन आवश्यकता अनुरुप विद्यार्थी स्वयम् वा अन्य व्यक्तिहरुले पनि गर्न सक्ने, नाटकको भिडियोको साथमा अनिवार्य रुपमा विद्यालयको स्वीकृति पत्र पनि समावेश गर्नुपर्नेछ ।

पोखरा थिएटरले गतवर्ष २०७६ देखि नाटक महोत्सव सुरु गरेको थियो । यसैबीच करिब १० महिनादेखि बन्द रहेको थिएटर औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.