www.tandavnews.com
Fact ~ In search of truth

भारतले आजदेखि नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने

काठमाडौँ,
ताण्डव न्यूज ।

भारतले आजदेखि नेपालसहित ६ छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै आजदेखि नेपालसहित ६ छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने बताएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई अनुदान स्वरुप कोरोना विरुद्धको खोप उपलब्ध गराउने तयारी भइरहेको छ ।

Batas

त्यसैगरी श्रीलंका, अफगानिस्तान र मोरिससलाई पनि भारतमा बनेको कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताइएको छ । भारतले खोप उपलब्ध गराउनुका अघि खोप सम्बन्धी तालिम, खोप भण्डारण, कोल्ड चेन लगायतका विषयमा सम्बन्धीत मुलुकमा कसरी व्यवस्थापन गर्ने लगायतका विषयमा पनि जानकारी मागेको छ ।

यस्तै खोप लगाउने जनशक्तिलाई भारतले विभिन्न ६ देशका प्रशिक्षकहरूलाई तालिमसमेत दिइरहेको छ । भर्चुअल माध्यमबाट सञ्चालित २ दिने तालिम आज सम्पन्न हुनेछ । नेपाल सरकारले भारतले विकास गरेको कोरोना विरुद्धको खोप कोभिशिल्डलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपछि भारतले खोप उपलब्ध गराउन थालेको हो ।

भारतको सिरम इन्स्टीच्यूट अफ इन्डियाले विकास गरेको कोरोना विरुद्धको खोप हाल भारतमा अभियानको रुपमा सञ्चालित छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.