www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीको कदम प्रतिगमन नै भएको नै डा. भट्टराईको ठहर

काठमाडौं, 
ताण्डव न्यूज।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीको कदम प्रतिगमन नै भएको ठहर गरेका छन् । यसमा कुनै किन्तुपरन्तु गर्न आवश्यक नरहेको डा. भट्टराईको भनाई छ ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराइले ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्रायः तटस्थ बस्ने उल्लेख गरेका छन् । तटस्थताले वेठीक, असत्य र अन्यायलाई मद्दत गर्ने उनको तर्क छ ।

Batas

पछिल्लो समय सडक संघर्षमा होमिए पनि संसद पुनस्थापना या निर्वाचन के भन्ने विषयमा काँगेसले आफ्नो धारण बनाउन नसकेका बेला भट्टराईको यस्तो भनाइ आएको हो ।

काँग्रेस सभापति शेर बहादुर देउवाले सर्वोच्चले संसद पुनस्थापना या निर्वाचन जे निर्णय गरेपनि आफूलाई स्विकार्य भएको बताउँदै आएका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.