www.tandavnews.com
Fact ~ In search of truth

पल्पसा क्याफेकी ‘पल्पसा’ बन्ने भइन स्वतिमा खड्का

पोखरा,
ताण्डव न्यूज ।

चर्चित उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित रहेर ‘पल्पसा’ नाटक मञ्चन हुने भएको छ ।

लेखक तथा पत्रकार नारायण वाग्लेको पुस्तकलाई थिएटर भिलेजले मञ्चन गर्न लागेको हो । ‘पल्पसा’ नाटकमा शिर्ष भूमिकामा नायिका स्वास्तिमा खड्काले काम गर्दैछिन् । यो पुस्तक १५ वर्षअघि लेखिएको हो । नाटकको निर्देशन विमल सुवेदीले गर्दैछन् । नाटकले द्धन्द्धका घाउहरुसँगै प्रेमको कथा भन्नेछ ।

Batas

यो नाटकमा स्वस्तिमा खड्का, समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुश्मा राई, रोशन निरौला, कपिल राई लगायतका कलाकारले अभिनय गर्नेछन् । नाटकको मञ्चन चैत्र वा वैशाखमा हुने जनाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.