www.tandavnews.com
Fact ~ In search of truth

पर्वत र तनहुँमा दुई व्यक्ति मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका दुई जिल्लामा दुई व्यक्ति मृत भेटिएको छ ।

मृत्यु भेटिनेमा तनहुँ देवघाट गाउँपालिका –५ कयुंदीकी ४५ वर्षीया सितामाया गुरुङ रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार गुरुङ हिजो बेलुका खाना खाई सुतेकोमा बिहान सुतिरहेकै अवस्थामा मृत भेटिएकी हुन् ।

Batas

यता पर्वतमा एक व्यक्तिको शव फेला परेको छ । पर्वत कुश्मा नगरपालिका – १४ आर्थर ऐंसेलुचौर स्थित ठुलिपोखरी आर्थर कच्ची सडक खण्डको छेउमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैनन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.