www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेटः गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्याले डबल सेन्चुरी क्रस गर्‍यो

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्याले डबल सेन्चुरी क्रस गरेको छ ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्याले डबल सेन्चुरी पार गरेको हो ।

Batas

प्रदेशका तीन जिल्ला कास्की, स्याङ्जा र नवलपरासीका तीन संक्रमितको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

मृत्यु हुनेमा एक पोखरा महानगरपालिका वडा नम्बर २९ की ३५ वर्षीया महिला रहेकी छिन् । उनको आज बिहान ६ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा पौष २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै स्याङ्जाकी एक संक्रमितको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा बिरुवा–५ की ७० वर्षीया संक्रमित महिलाको आजै बिहान ७ बजे मृत्यु भएको थियो । उनमा हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै भरतपुर अस्पतालमा हिजो साँझ नवलपरासी पूर्वका एक संक्रमितको मृत्यु भएको निर्देशनालय जनाएको छ । मृत्यु हुनेमा गैडाकोट नगरपालिका – १३ का ५५ वर्षीय कोरोना संक्रमित रहेका छ न् । उनमा पौष २६ गते कोरोना पुष्टि भएको थियो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २०२ पुगेको छ ।

यसैबीच प्रदेशमा आज ४० संक्रमित थपिएका छन् । भने ३९ निको भएका छन् । यो सँगै प्रदेशमा संक्रमितको संख्या १५ हजार २ सय ६४ पुगेको छ भने कोरोनाबाट निको संख्या १४ हजार ६ सय ७ रहेको छ । हाल प्रदेशमा ४ सय ५५ सक्रिय संक्रमित रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.