www.tandavnews.com
Fact ~ In search of truth

देशका ६ हजार ७ सय ४३ वडामा आज काँग्रेसको प्रदर्शन, कास्कीमा पनि तयारी पूरा

पोखरा,
ताण्डव न्यूज ।

नेपाली काँग्रेसले आज प्रतिनिधि सभा विघटनविरुद्ध वडा स्तरीय प्रदर्शन गर्दैछ । काँग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्न लागेको हो ।

प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै काँग्रेसले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलनमा छ । यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको थियो ।

Batas

पुस २५ गते विरोध प्रदर्शनलाई थप विस्तार गर्दै ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध गरिएको थियो । आज हुने वडा स्तरीय प्रदर्शनमा सहभागि हुन सभापति शेरबहादुर देउवाले सबैलाई अपील गरेका छन् ।

उनले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरे । यता कास्कीका विभिन्न वडाहरुमा पनि प्रदर्शनको तयारी गरिएको काँग्रेस कास्कीका सभापती कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरका ३३ वटै वडाहरु, रुपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाका वडाहरुमा काँग्रेसले प्रर्दशन गर्नेछ । त्यका लागि तयारी पूरा भएको उनले बताए

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.