www.tandavnews.com
Fact ~ In search of truth

१८ नेपालीको शव लिन नेपाल वायुसेवा निगमको जहाज मलेशिया जाँदै

काठमाडौँ,
ताण्डव न्यूज ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज नेपालीको शव लिनका लागि मलेसिया जाने भएको छ ।

मलेसियामा मृत्यु भएका १८ जनाको शव लिन आज निगमको वाइडबडी–३३० जहाज मलेसिया जाने भएको निगमले जानकारी दिएको छ । मलेसियास्थित नेपाली दूतावासले निगमलाई १५–१५ दिनमा शव बोक्नका लागि उडान गर्न आग्रह गर्दै आएको थियो ।

Batas

सोही अनुसार परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालयको सहकार्यमा १८ जनाको लिन शव लिन मलेसिया जाने भएको निगमका महाप्रबन्ध डिम प्रकाश पौडेलले जानकारी दिए । निगमको वाइडबडीमा शव बोक्ने अधिकतम क्षमता १८ मात्रै हो । सोभन्दा बढी शव भएको अवस्थामा अन्य एयरलाइन्ससँगको सहकार्यमा ल्याउनुपर्ने हुन्छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.