www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचनका लागि आयोगको तयारी तीव्र, सम्पर्क व्यक्ति तोक्ने निर्णय

काठमाडौँ,
ताण्डव न्यूज ।

निर्वाचन आयोगले सरकारले घोषणा गरेको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिएको छ ।

निर्वाचनको तयारीको लागि निर्वाचन आयोगले सबै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ । आयोगले तोक्ने सम्पर्क व्यक्तिले निर्वाचनसँग सम्बन्धीत ऐन, नियम, निर्देशिका लगायतमा भएको व्यवस्था अनुसारको कार्यसम्पादन गर्ने विहिबार जनाएको छ ।

Batas

आयोगले जारी गरेको विज्ञप्तिमा स्थानीयस्तरमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धीत विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्नेलगायतका कार्यहरू सञ्चालन गर्न भनिएको छ ।

यस्तै आयोगबाट तोकिएका कार्यहरूमा आवश्यक सहयोग र समन्वयका लागि निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा एकरएक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय पनि आयोगले गरेको छ । उक्त निर्णयानुसार सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सो सरहका एकजना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिनेछ ।

सम्पर्क व्यक्तिले आयोगलाई आवश्यक जानकारी दिनेछन् । जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धीत शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकिने विज्ञप्तिमा उल्लेख छ । यसका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरिसकेको छ ।

साथै, प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरणसमेत आयोगले स्वीकृत गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.