www.tandavnews.com
Fact ~ In search of truth

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घण्टा मात्रै खुल्ने

काठमाडौँ,
ताण्डव न्यूज ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसनको समय घटाउने भएको छ ।

प्राधिकरणले अहिले दैनिक २१ घण्टा सञ्चालन भइरहेको विमानस्थललाई १८ घण्टामा झार्ने तयारी गरेको हो । कोभिडका कारण बन्द उडान खुलेको ५ महिना हुँदा पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको भन्दै प्राधिकरणले विमानस्थल सञ्चालनको समय घटाउने तयारी गरेको हो ।

Batas

६ बजेबाट खुल्ने विमानस्थल राती ३ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब प्राधिकरणले राति १२ बजेसम्म मात्रै खोल्ने तयारी गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल सञ्चालनको समय घटाउने विषयमा छलफल भइरहेको र निर्णय भने भई नसकेको जानकारी दिए । अहिले सामान्य अवस्थामा ८० वटा उडान तथा अवतरण हुने विमानस्थलमा मुस्किलले २० वटामात्रै उडान तथा अवतरण भइरहेको छ ।

प्राधिकरणले अहिले सञ्चालनको समय घटाएर पुनः उडान चाप बढेपछि समय थप गर्नेगरी १८ घण्टामात्रै सञ्चालन गर्ने तयारी गरेको पोखरेलले बताए । नयाँ नियम लागू भएपछि बिहान ६ बजेबाट खुल्ने विमानस्थल राति १२ बजे बन्द हुनेछ । त्यसपछिको समयमा उडान गरिरहेका एयरलाइन्स कम्पनीलाई पनि सोहीअनुसार तालिका तय गर्न प्राधिकरणले सूचना जारी गरिसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.