www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकामा सत्ता परिवर्तनः राष्ट्रपति बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनको नीति

एजेन्सी,
ताण्डव न्यूज ।

अमेरिकामा सत्ता परिवर्तन भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राष्ट्रपतिको पदभार सम्हालेसँगै सत्ता परिवर्तन भएको हो । कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति बाइडनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पशासनले गरेका दर्जनभन्दा बढी नीतिहरु उल्ट्याएका छन् ।

Batas

उनले कार्यकारी आदेश जारी गर्दै ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीतिहरु उल्ट्याइने बताए । राष्ट्रपति बाइडेनले कार्यकाल सम्हाल्दै कोरोनाभाइरस महामारीको संकट सम्बोधनमा संघीय कारबाही तीव्र बनाउने कार्यकारी आदेशहरू जारी गरेका छन् ।

उनले कोरोना महामारीसँग लड्ने विषयमा सरकार अघि बढ्ने भन्दै विश्व स्वास्थ्य संगठनबाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने बताए । साथै अमेरिकी वरिष्ठ वैज्ञानिक डा. एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने पनि बताए ।

त्यसै गरि सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागि हुने, विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गरिने पनि बताए । उनले ट्रम्पको पशासनले मुलुकको अहितमा हुने गरि गरेका निर्णय र नीति तत्काल हटाइने पनि उल्लेख गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.