www.tandavnews.com
Fact ~ In search of truth

अमेरीकी राष्ट्रपतीलाई नेपालका राष्ट्रपती र प्रधानमन्त्रीद्वारा बधाई सन्देश

काठमाडौँ,
ताण्डव न्यूज ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएकी छिन् । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरिन् ।

उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको प्रशंशा पनि गरिन्। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाएका छन् ।

Batas

बाइडेनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गरेका छन्। अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनले गएराति पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.