www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ प्रशासनद्वारा एक करोड १७ लाख राजस्व संकलन

तनहुँ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७७÷०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व संकलन भएको जनाएको छ ।

राहदानी शुल्कबापत ९२ लाख १० हजार ५००, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«शन नवीकरण शुल्क पाँच लाख ३६ हजार २२० संकलन गरेको छ । त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना,जफत शुल्क दुई लाख आठ हजार ९००, हातहतियारको इजाजतपत्र दस्तुर ६५ हजार ६५० र अन्य प्रशासनिक सेवा शुल्क रु आठ हजार ७३० गरी उक्त राजस्व संकलन गरेको हो ।

Batas

जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३४५, प्रतिलिपि नागरिकता दुई हजार १३४ नाबालक परिचयपत्र ११०, अङ्गिकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

त्यसैगरी जिल्लाबाट सिफारिस गरिएका राहदानी एक हजार ९००, दु्रत सेवा सिफारिस ४००, राहदानी वितरण एक हजार २६१ रहेको छ । कार्यालयले विपद् पीडितका लागि बाह्र लाख ५९ हजार सहयोग गरेको छ । कार्यालयमा ४१ मुद्दा दर्ता भएकोमा सबै मुद्दा फछ्र्यौट भएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी कार्यालयले अन्य सिफारिस एक हजार ६०७, आदिवासी जनजाति प्रमाणित ८०८, पेन्सन सिफारिस ६६४ र दलित प्रमाणित १०३ सिफारिस गरिएको जनाएको छ । संस्था नवीकरण ४४८, हातहतियार नवीकरण ११५, हातहतियार नामसारी तीन, तिब्बती शरणार्थी परिचयपत्र नवीकरण १४०, संस्था नयाँ दर्ता ११, शरणार्थीका लागि यात्रा अनुमति पत्र सिफारिस एक जनालाई गरिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण लामो समय सेवा प्रवाह रोकिन पुगेका कारणले राजस्व संकलनमा कमी आएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएको लकडाउनको आदेशपश्चात् रोकिएका विकास निर्माणका काम सुरक्षाका मापदण्ड अपनाएर शुरु गर्न लगाइएको प्रजिअ आचार्यले जानकारी दिए ।

जिल्लाभित्रका राष्ट्रिय आयोजना तथा प्राथामिकतामा रहेका योजना तथा आयोजना र अन्य निर्माणका कार्यलाई क्रमशः अघि बढाउन सहजीकरण गर्दै अघि बढिएको प्रशासन कार्यालय तनहुँले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.