www.tandavnews.com
Fact ~ In search of truth

भारतको कर्नाटक राज्यमा ट्रक विष्फोट, ८ जनाको मृत्यु

एजेन्सी,
ताण्डव न्यूज ।

भारतको कर्नाटक राज्यमा जिलेटिनले भरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।

मजदुरहरु समेत सवार ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको हो । विष्फोटपछि फैलिएको गन्ध र अँध्यारोका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ ।

Batas

सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ । साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ । स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताएका छन् । धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन् । विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो ।

विष्फोट भएको शिवमोगा जिल्ला मुख्यमन्त्री बीएस येदियुरप्पाको गृह जिल्ला हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.