www.tandavnews.com
Fact ~ In search of truth

अस्ताए नेपाली सांगितिक आकाशका एक नक्षत्र

पोखरा
ताण्डव न्यूज ।

नेपाली सांगितिक आकाशका चम्किला एक नक्षत्रको अवशान भएको छ । नेपाली श्रोताको मन मष्तिष्कमा सदाबहार गितहरु दिन सफल गायक धुव्र केसीको ७५ वर्षको उमेरमा निधन भएको हो ।

ललितपुरको भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा बिहीबार साँझ उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गायक केसी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।

Batas

उनका ’मायालु हजार हुन्छन्’, ’नरोउ नरोउ साइली’, ’अरु कालो रेलको धुँवाले’, ’तिम्रो माया कागजको’, ’सबैले भन्छन्’, ’नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, ’बगी जाने खोला’ लगायतका गीत चर्चित छन्।

गोपाल योन्जन रचनाकार रहेको ‘मायालु हजार हुन्छन् बोलको गीतले गायक केसीलाई चर्चाको शिखरमा पु¥याएको थियो। उनका तीन छोरी छन्। केसीको बिहीबार साँझ पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनी नायक भुवन केसीका काका हुन्।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.