www.tandavnews.com
Fact ~ In search of truth

थर्ड आई एजुकेसनमा आइतबार क्यानडा इन्फरमेसन डे आयोजना हुदैँ

पोखरा ।

थर्ड आई एजुकेसनमा क्यानडा इन्फरमेसन डे आयोजना हुने भएको छ । माघ ११ गते अर्थात आगामी आइतबार कार्यक्रम हुन लागेको थर्ड आईका सञ्चालक ओम प्रकाश गैरेले जानकारी दिए ।

गैरेको अनुसार गुणस्तरीय उच्च शिक्षा अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै क्यानडाबारे इन्फरमेसन दिनका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम पोखरा चिप्लेढुंगास्थित द्वा कम्प्लेक्समामा अवस्थित थर्ड आइको कार्यालयमा हुनेछ ।

Batas

कार्यक्रममा युनिभर्सिटी अफ क्यानडा वेष्टका बिजनेस डेभलपमेन्ट म्यानेजर नेत्रप्रसाद कोइराला प्रत्यक्ष सहभागी हुनेछन् । उच्च शिक्षा अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थी तथा अभिभावकहरु इन्फरमेसन डेमा सहभागी हुन सक्नेछन् ।

१० वर्षदेखि सञ्चालनमा रहेको थर्ड आई एजुकेशनले शिक्षाका विभिन्न देशमा जान चाहने विद्यार्थीका लागि जानकारी मुलक कार्यक्रमहरु गर्दैआइरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.