www.tandavnews.com
Fact ~ In search of truth

बास्तोला कम्प्लेक्समा युनिक फेन्सी सञ्चालनमा

पोखरा ।

पोखरा महानगरपालिका १० पृथ्वीचोक स्थित बास्तोलाका कम्प्लेक्समा युनिक कलेक्शन एण्ड फेन्सी सञ्चालनमा आएको छ ।

समाजसेवी तथा सामाजिक अभियन्ता तारामाया थापाले पुरुष तथा महिलाहरुलाई लक्षित गर्दै ३० लाख बढि लागतमा युनिक कलेक्शन एण्ड फेन्सी सञ्चालनमा ल्याएकि हुन् ।

Batas

आज (शुक्रबार) आयोजित एक कार्यक्रममा बिच उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष संजीव बहादुर कोईरालाले उक्त फेन्सीको उद्घाटन गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष कोईरालाले निर्वाहमुखी नभई आर्थिक उन्नतीका लागि जुनसुकै व्यवसाय सञ्चालन गर्नुपर्ने घारणा राखे ।

उनले व्यवसाय सञ्चालनको क्रममा विभिन्न समस्याहरु आउन सक्ने बताउदै संघका आवद्ध हुनुपर्नेमा जोड दिए । अध्यक्ष कोईरालाले पछिल्लो समय उद्योग वाणिज्य संघको सख्यामा बृद्धि भएको उल्लेख गर्दै व्यवसायीको पक्षमा आवाज बुलन्द हुने बताए ।

उनले कुनै पनि व्यायार तथा प्रतिष्ठानहरु स्थापना गरिसकेपछि सार्वजनिक हुने बताउदै भने, ‘पसल होस या प्रतिष्ठान यो खोलेपछि सार्वजनिक हुन्छ । ग्राहक आएर यो लैजान्छु भनेपछि दिन्न भन्न मिल्दैन ।’ उनले उक्त फेन्सीबाट व्यापार सुरु गरि उद्योग नै सञ्चालन गर्न सक्ने बताउदै शुभकामना समेत व्यक्त गरेका थिए ।

त्यस्तै महिला उद्यमी संघका अध्यक्ष काशी गुरुङले स्थानिय स्तरमा उत्पादन गरिएका कपडाहरुलाई समेत प्रवद्र्धन गर्नुपर्ने बताए । उनले सामाजिक कार्यसँगै महिलाहरु उद्यमशिलतामा अगाडि आउनुपर्नेमा जोड दिएका थिए ।

सञ्चारकर्मी जुना थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण काउचा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.