www.tandavnews.com
Fact ~ In search of truth

चुनावमा जानु प्रतिगमन होईन : जसपा वरिष्ठ नेता महतो

काठमाडौँ,
ताण्डव न्यूज ।

लोकतन्त्रमा चुनावबाट भाग्न नहुने जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् ।

शुक्रबार आज सप्तरीमा प्रेस मञ्च नेपाल र प्रेस नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई भइरहेको र अदालतले गर्ने फैसला नै सबैलाई मान्य हुने बताएका हुन् ।

Batas

चुनाव लड्नु प्रतिगमन होइन, चुनावमा जानु प्रतिगमन होइन,’ उनले भने, ‘प्रतिनिधिसभा विघटनबारे मुद्दा विचाराधीन छ, सर्वोच्च अदालतले जे निर्णय गर्छ, त्यो हामीलाई स्वीकार्य छ ।’सर्वोच्च अदालतको निर्णयपछि देशको राजनीतिक अवस्था कस्तो हुन्छ, त्यसअनुसार नै आफूहरुले उपयुक्त निर्णय लिने उनले बताए ।

नेपालमा संसद पुनःस्थापना र निर्वाचनमध्ये कुनै पनि स्थायी समाधान नरहेको हुनाले जसपा नेपालले जनमुक्ति आन्दोलन गर्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशमा प्रतिगमनको शुरुवात गरेका हुनाले उनको पतन निश्चित रहेको महतोले बताए ।

देशमा ६ वटा संविधान समाप्त भइसकेको र यो सातौं संविधानलाई पनि प्रधानमन्त्री ओलीले समाप्त गर्न लागेको बताउँदै उनले प्रधानमन्त्री ओली पतनतिर गइरहेको टिप्पणीसमेत गरे । त्यही कारण बेलाबेलामा आफ्नो पार्टीमा आउन लागेको भ्रम फैलाउने गरेको पनि उनले बताए । यस्तो भ्रम फैलाएपछि केही समय बाँचिएला कि भन्ने भ्रममा प्रधानमन्त्री ओली रहेको उनको भनाइ छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.