www.tandavnews.com
Fact ~ In search of truth

पोखरा –१८ सेदी स्थित होटल चारगोलमा छोरेपाटनका ईश्वर गुरुङ मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज एक व्यक्ति मृत भेटिएका छन् ।

पोखरा महानगरपालिका –१८ सेदीमा रहेको होटल चारगोलको कोठा नम्बर १०२ मा एक व्यक्ति मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

प्रहरीको अनुसार मृत भेटिएका पुरुष पोखरा –१७ छोरेपाटनका ४३ वर्षका ईश्वर गुरुङ भएको खुलेको छ । हिजो राती झन्डै साढे १० बजेतिर होटलमा बस्न गएका ईश्वर आज बिहान अबेरसम्म नउठेपछि होटल सञ्चालक कोठामा हेर्न जाँदा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.