www.tandavnews.com
Fact ~ In search of truth

पोखरा –१ की २५ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एक संक्रमित युवतीको मृत्यु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत पोखरा वडा नम्बर १ की २५ वर्षीय संक्रमित युवतीको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

उनमा पौष ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०३ पुगेको छ । भने कास्की जिल्लामा मात्रै हालसम्म ११२ जनाकाले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

यसैबीच आज गण्डकी प्रदेशमा ७३ संक्रमित थपिएका छन् भने ६४ जना निको भएका छन् । यो सँगै प्रदेशमा संक्रमितको संख्या १५ हजार ३३८ पुगेको छ । निको हुनेको संख्या १४ हजार ६७१ रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.