www.tandavnews.com
Fact ~ In search of truth

सन्दुक रुईत सहित नेपालका तिनजना आँखा रोग विशेषज्ञलाई भिजन एक्सिलेन्स अवार्ड

काठमाडौँ,
ताण्डव न्यूज ।

‘भिजन एक्सिलेन्स अवार्ड २०२०’ बाट नेपालका तीन जना आँखारोग विशेषज्ञ सम्मानित भएका छन् ।

इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीबी) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘भिजन एक्सिलेन्स अवार्ड २०२०’ बाट आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, नेपाल आँखा अस्पताल तथा नेपाल नेत्रज्योति संघका संस्थापक प्रा।डा।रामप्रसाद पोखरेल र नेपाल आँखा अस्पतालका अध्यक्ष डा।गोपालप्रसाद पोखरेल सम्मानित भएका हुन् ।

Batas

आँखा स्वास्थ्य क्षेत्रमा खटिएका सय जना व्यक्तित्वमा ३ जना नेपालबाट परेका छन् । तिलगंगा अस्पतालको संस्थापक रहेका डा।.रुइत मोतिबिन्दु शल्यक्रियाका लागि प्रख्यात छन् । डा. रुइतलाई यस वर्षको मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ पदकबाट पनि विभूषित गरिँदैछ ।

आँखा अस्पतालका अध्यक्ष डा.पोखरेलले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु¥याएका छन् भने नेत्रज्योति संघका संस्थापक डा. पोखरेल ‘आँखा बा’ को रुपमा चिनिन्छन् ।

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले तीनै जनालाई शुक्रबार सम्मान गरेका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.