www.tandavnews.com
Fact ~ In search of truth

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षण पोखरामा सुरु

पोखरा,
ताण्डव न्यूज ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले पोखरामा प्रशिक्षण सुरु गरेको छ ।

फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतको बाँकी खेलको तयारी गरिरहेको टोलीले पोखरा रंगशालामा प्रशिक्षण थालेको हो । ३५ खेलाडीसहित ४४ सदस्सीय टोलीले माघ २१ गतेसम्म प्रशिक्षण गर्नेछन् ।

Batas

नेपाली टोलीले यस अघि दशरथ रंगशाला र एन्फा मैदान सातदोवाटोमा प्रशिक्षण गरेको थियो । तर, महिला लिग फुटवल सुरु भएपछि नेपाली टोली तयारीका लागि पोखरा पुगेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप र चीनमा सन् २०२३ मा हुने एसियन कप छनोटका लागि नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेइसँग खेल्न बाँकी छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.