www.tandavnews.com
Fact ~ In search of truth

कावासोतीमा मोटरसाइकल दुर्घटना, हेमराज थापा र सुनिल जैसवालको मृत्यु

कावासोती ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

Batas

(रासस)
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.