काठमाडौँ,
ताण्डव न्यूज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज आईतबार स्थायी कमिटीको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले आज दिउँसो साढे १२ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बस्ने जानकारी दिए।
शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–नेपाल समूहले बैठकबाट थप संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ । गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालन लगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.