www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल विश्वकै लामो भएको दाबी, र्वल्ड रेकर्डको प्रक्रिया सुरु

पर्वत,
ताण्डव न्यूज ।

बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५ सय ६७ मिटर लामो झोलुंगे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया सुरु भएको छ ।

विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई गिनिज बुकमा राख्ने प्रक्रिया थालिएको हो ।

Batas

पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौंले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुललाई निर्माणपश्चात् विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोना भाइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो । सुरुमा नेपालकै लामो झोलुङ्गे पुल (सिङ्गल स्पान)भनेर निर्माण गरे पनि पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दावी छ ।

सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौंका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रका अनुसार विश्वभरको तथ्यांक वेबसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झोलुङ्गे पुल जम्मा ४ सय ९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण बागलुङ र पर्वत जोड्ने उक्त पुल विश्वकै लामो झोलुङ्गे पुल हुनसक्ने अनुमान छ ।

यद्यपि विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुलको विवरणका विषयमा भने प्राविधिकहरु जानकार छैनन् । विश्वमा पछिल्लो समय अन्य लामा झोलुङ्गे पुल थपिएका भए पनि यो भन्दा लामो पुल बनेको हालसम्म वेबसाइटहरुमा उल्लेख भएको छैन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.