www.tandavnews.com
Fact ~ In search of truth

जबरजस्ती गर्ने रामेछाप मन्थली १० का वडाध्यक्ष पक्राउ

रामेछाप,
ताण्डव न्यूज ।

जबरजस्ती करणी गरेको आरोपमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले ५१ वर्षका वडाध्यक्ष भरतबहादुर बोहरालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले उनलाई शनिबार मन्थलीको चनखुबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले बताए ।

Batas

वडाध्यक्ष बोहराविरूद्ध चिनजानका ३३ वर्षका महिलाले गत सोमबार महानगरीय प्रहरी वृत्त, ठिमीमा जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो । ठिमी प्रहरीले फरार रहेका वडाध्यक्ष बोहरालाई पक्राउ गरिदिन रामेछाप प्रहरी कार्यालयलाई पत्र पठाएको डिएसपी ढुङ्गानाले बताए ।

सोही पत्र अनुसार उनलाई पक्राउ गरी रामेछापबाट भक्तपुर ल्याइएको छ । वृत्तका डिएसपी ऋषिराम कँडेलका अनुसार बोहराले माघ दुई गते राति ती महिलामाथि जबरजस्ती करणी गरेका थिए । ती महिला मध्यपुर ठिमी नगरपालिका–३ स्थित एक घरमा डेरा गरी बस्दै आएकी थिइन् । वडाध्यक्ष बोहरामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.