www.tandavnews.com
Fact ~ In search of truth

बगर भाईखलकलाई दोस्रो पटक ‘हेटौडा भेट्रान्स कप’ को उपाधि

ईश्वर बने सर्वोत्कृष्ट खेलाडी

अर्जुन गाहा (सुशान्त),

पोखरा/ताण्डव न्यूज ।

हेटौडामा सम्पन्न ‘छैटौ हेटौडा भेट्रान्स कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिता २०७७’ को उपाधि डिफेन्डिङ च्याम्पियन बगर भाईखलक पोखराले जितेको छ ।

Batas

हेटौडामा आज (शनिबार) सम्पन्न भएको फाईनल खेलमा सानो गौचरन नाईट किङ भेट्रान्स क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै भाईखलकले दोस्रो पटक उपाधि जितेको हो ।

उपाधिसँगै बगर भाईखलकले १ लाख १ हजार १ सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने उपविजेता टिम सानो गौचरनले ५१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताबाट भाईखलकका कप्तान तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द्र) सर्बाेत्कृष्ट खेलाडीको उपाधि सहित ट्रफी र नगद १० हजारबाट पुरस्कृत बने ।

त्यस्तै विधागत रुपमा उत्कृष्ट मिडफिल्डरका रुपमा भाईखलकका राजकुमार केसी, उत्कृष्ट स्ट्राईकरका रुपमा सोही क्लबकै मनोज गुरुङ, उत्कृष्ट गोलरक्षक दिलिप क्षेत्री र उत्कृष्ट प्रशिक्षकबाट बगर भाईखलककै प्रशिक्षक तथा बाँसबारी क्लबका कप्तान समेत रहेका अञ्जन देवकोटा घोषित हुदै जनही ५ हजार सहित ट्रफी प्राप्त गरे ।

यसअघि प्रतियोगिताको फाईनल खेलमा भाईखलकलाई उपाधि जिताउनका लागि मनोज गुरुङको एक गोल नै काफी बन्यो ।

खेलको दोस्रो हाफमा कप्तान ईश्वर गुरुङको पासमा बललाई मनोजले पोष्टको दिशा देखाएका थिए । मनोजले यस अघि सेमिफाईनलको खेलमा समेत गोल गर्दै फाईनलको यात्रामा पुर्याएका थिए । फाईनल खेलबाट नरेश थापा म्यान अफ द म्याच घोषित भएका थिए ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित हेटौडा भेट्रान्सले आयोजना गरेको उक्त प्रतियोगितमा देशभरका कुल २० टिमको सहभागिता रहेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.