www.tandavnews.com
Fact ~ In search of truth

माघ २३ देखि गुरुङ सिनेमाको नियमित प्रदर्शन

पोखरा
ताण्डव न्युज ।

पार्टी प्यालेजमा च्यारिटी शो मा मात्र सिमित गुरुङ सिनेमाहरु अब नियमित रुपमा हलमा प्रदर्शन हुने भएका छन् ।

‘घर दैलोमा टिकट किनेर होइन, चलचित्र हलमा गएर सहयोग गरौं’ भन्ने मूल नाराका साथ आगमी माघ २३ देखि पोखराका हलमा प्रदर्शन हुँदैछन् । नियमित गुरुङ चलचित्र प्रदर्शनको तालिका सार्वजनिक तथा नयाँ गुरुङ चलचित्र निर्माण घोषणा कार्यक्रमको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गुरुङ फिल्म एसोसियसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले पोखराका हलहरुमा गुरुङ चलचित्र प्रदर्शन हुने बताए ।

पार्टी प्यालेस, बैठक कोठामा गुरुङ सिनेमा देखाउने परिपाटीको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘अब सुविधा सम्पन्न हलहरुमा गुरुङ सिनेमा प्रदर्शन हुनेछ । नेपाली सिनेमाजस्तै गुरुङ सिनेमालाई पनि दर्शकको साथ मिल्नेछ ।’

Batas

उनका अनुसार माघ २३ देखि पोखराको मिडटाउन सिनेमाजमा मात्र गुरुङ फिल्म चल्नेछ । ‘अहिलेलाई तत्काल पोखराको एउटा हलमा मात्र प्रदर्शन गरिनेछ । त्यसपछि दर्शकको माग अनुसार फिल्म विस्तार गरिनेछ,’ गुरुङले भने, ‘फिल्मको रिलिज तालिका सार्वजानिक गरेका छौं । हामी विभिन्न चोक, समुदाय, सञ्चारमाध्यममा पुगेर फिल्मसम्बन्धि क्याम्पियन गरी प्रचार गर्नेछौं ।’

२५ वर्षको लामो यात्रा तय गरेपनि गुरुङ सिनेमाको विकास र विस्तार हुन नसकेको जिफानका कार्यवाहक महासचिव लबसन गुरुङ बताउँछन् ।

‘चलचित्र प्रदर्शनमा निर्माताले चलचित्रको टिकट विक्री वितरण गर्दै दर्शकको घरदैलोमा हिड्नुपर्ने बाध्यता, दर्शकलाई महंगो टिकटमा चलचित्र हेर्नुपर्ने, टिकटमा लागु गरिने भिआइपी र भिभिआइपी प्रणालीका कारण चलचित्रकर्मीहरु र दर्शकहरु बीचको दुरी बढ्दै जानु, चलचित्र व्यवस्थितरुपमा प्रदर्शन नहुनु र चलचित्र प्रदर्शन गर्दा आ–आफ्नो समुदायमा मात्र सिमित रहनुपर्ने बाध्यता छन्,’ उनले भने, ‘जसले गर्दा फिल्मको विकास र विस्तार हुन सकेको छैन् । यही समस्याको समाधान गर्ने उद्धेश्यका साथ नियमित प्रदर्शनको पहल गरेका हौं ।’

जिफानले माघ २३ देखि २०७८ असार ५ गतेसम्म प्रदर्शन हुने फिल्मको तालिका समेत सार्वजनिक गरेका छ । जसमा माघ २३ मा जसु गुरुङले निर्देशन गरेको ‘कर्म क्याँ’ प्रदर्शन हुँदैछ ।

‘म्हि न्हार्बे ट, रिजे नाशा, सम्बन्धको डोरी, सिमि नाशा, यू.के सुईटर, प्रें सोना, स्या रु, तमुस्यो, सबन मु, शिरसुबा, म्ले क्यु, समीङ्ही, टुकी, साली भेना, मनको बाबरी, फुङ, ङेल्स्यो माया, मैरीमु, तिमी नभए’ फिल्म को प्रदर्शन तालिका सार्वजानिक भइसकेको छ ।

भकारी फिल्मसको ब्यानरमा निर्माण हुने गुरुङ सिनेमा ‘ड्याङग्रो’ माघ १७ गतेदेखि सुटिङ सुरु हुन लागको निर्देशक कृष्णकुमार गुरुङले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.