www.tandavnews.com
Fact ~ In search of truth

मृगौला पिडित घाचोककी सुस्मितालाई ‘बचाउ अभियान समिति’द्धारा रकम हस्तान्तरण

बिजय लम्साल
पोखरा, ताण्डव न्यूज ।

मृगौला पिडित सुस्मिता परियारलाई बचाउन सहयोग संकलनमा लागी परेको बचाउ अभियानले संकलित रकम हस्तान्तरण गरेको छ ।

कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोककी मृगौला पीडित १९ वर्षीया सुस्मितालाई ‘मृर्गौला पीडित सुस्मिता बचाउ अभियान समितिले’ ३ लाख ८८ हजार ७०१ हस्तान्तरण गरेको अभियानका संयोजक संजय लम्सालले जानकारी दिए ।

Batas

समितिद्धारा संकलित रकम आज (आइतबार) माछापुच्छे गाउँपालिका वडा न.३ घाचोक वडा कार्यालयमा एक कार्यक्रमको बीच हस्तान्तरण गरिएको हो ।

संयोजक लम्सालको अनुसार हालसम्म अभियान समितिले देश तथा विदेशबाट गरि १३ लाख २१ हजार ६७२ रकम संकलन गरि पीडित सुस्मिताको परिवारलाई सहयोग गरिसकेको छ । जापानमा रहेका जी.एम रानाभाटको विशेष सहयोग तथा भुमिकामा हाल रकम संकलन भएको लम्सालले बताए ।

यसैबीच सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी माछापुच्छ्रे गाउँपालिका उपप्रमुख प्रत्यासी काँग्रेस नेतृ टेकन शोभा गुरुङले पनि सुस्मिताको उपचारका लागि नगद २१ हजार सहयोग गरेकि छिन् ।

यस्तै कार्यक्रममा सहभागी जनता समाज पाटी माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष जगत गुरुङले २२ हजार १०५ सहयोग गरे । आफ्नो नेतृत्वमा हालसम्म ३ लाख ५४ हजार ११२ रकम सहयोग गरिसकेको गुरुङले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडा न ३ का वडा अध्यक्ष सुर्यप्रसाद लम्सालले राज्यले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिनुपर्नेमा सरकारले नसकेकोले यस्ता अभियान समिति हाल आवश्यक रहेको भनाई राखे ।साथै अध्यक्ष लम्सालले सुस्मिताको स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सकंलन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए।

पिडितका बुबा सुरेस परियारले छोरीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउदै समितिलाइ सहयोग गरेकोमा धन्यवाद दिए । उनले देशविदेशबाट सहयोग गर्ने सहयोगी हात र समितिको सहयोगले आफ्नी छोरीले पुर्नजन्म् पाउने आशा व्यक्त गरे । साथै उनले थप सहयोगको अपिल गरे ।

संयोजक संजय लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गादत्त लम्सालले स्वागत गरेका थिए भने रुद्र रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.