www.tandavnews.com
Fact ~ In search of truth

कक्षा १२ को नतिजा प्रकाशन हुन अझै एक हप्ता लाग्ने

पोखरा,
ताण्डव न्यूज ।

कक्षा १२ को नतिजा प्रकाशन हुन अझै एक हप्ता लाग्ने भएको छ । उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण सकिएर केन्द्रमा प्राप्त अंकको रुजु गर्ने काम भइरहेकोले यसैहप्ता नतिजा प्रकाशन गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले बताए ।

ताण्डव न्यूजसँग कुराकानी गर्दै उनले विद्यालयबाट प्राप्त विवरणहरु व्यवस्थितनभएका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको जानकारी दिए । कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा गएको मंसिरमा सकिएको थियो । परीक्षा बोर्डले मन्त्रिपरिषद्को स्वीकृतिमा कार्यविधि जारी गरेर ४० पूर्णांकको संक्षिप्त परीक्षा सञ्चालन गरेको हो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.