www.tandavnews.com
Fact ~ In search of truth

तस्करीका कुखुरासहित तस्कर पक्राउ

जनकपुर,
ताण्डव न्यूज ।

भारतबाट अवैध रूपमा ल्याउँदै गरेको बोइलर कुखुरा र मोटरसाइकलसहित तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रातिको समयमा जनकपुरधाम उपमहानगरपालिका २५ स्थित वौहर्वा लोहना सडक खण्डवाट मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी बौहर्वा डेवडिहाका सहायक प्रहरी नायव निरीक्षक रुद्र वहादुर आलेको कमाण्डमा खटिएको टोलीले १ सय २० केजी कुखुरा बरामद गरेको हो ।

Batas

वर्डफ्लू रोग भित्रिएसँगै सरकारले भारतीय सीमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको अवस्थामा नेपाल स्थित सुरक्षार्थ खटिएका सुरक्षा निकायले काडाई गरेको हो।

प्रहरीले भारतीय कुखुरा, ज १ प ७६७८ नम्वरको मोटरसाइल र तस्करी गरिरहेका जनकपुरधाम उपमानगरपालिका ७ निवासी मो।जयावुल राइनलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरधाममा बुझाईएको छ ।

सीमा नाकामा कोभिड र अहिले भारतमा फैलिदैगरेको वर्डफ्लू रोग नेपालमा नभित्रियोस भन्ने उद्देश्यका साथ काडा निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवम प्रवक्ता महेन्द्र मिश्रले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.