www.tandavnews.com
Fact ~ In search of truth

महिला नेतृत्व विकाससँगै आयआर्जनमा जोडिनु पर्दछ:उपसभामुख शर्मा

गण्डकी।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्फ जोडिनु पर्ने बताएकी छिन ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका स्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसंँग जोडिनु पर्ने आवश्यकता औल्याइन् ।

Batas

महिलाको सहभागिता विना ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान पुरा नहुने बताउँदै उनले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गरे ।

संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितताले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिलाहरु नेतृत्व लिन तयार भएको उनको भनाई छ ।

गण्डकी प्रदेश सभाका सदस्य डा. पुष्पा केसी भण्डारीले तालीमबाट प्राप्त ज्ञानले धारणा बनाउँदै दुई हातले सिप प्रस्तुत गर्न सके मात्र महिला सशक्तिकरणमा जोड पुग्ने विश्वास व्यक्त गरे ।

समाजका विपन्न तथा असहायको पहिचानमा स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले त्यस्ता वर्गको उत्थानका लागि आर्थिक उपार्जनमा जोड पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औल्याए ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले महिला हक अधिकारको सुनिश्चितताका लागि जनप्रतिनिधि महिला र सञ्जाल बीचको समन्वय आवश्यक रहने बताए ।

उपाध्यक्षसंग महिला बालबालिका कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी र मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङले राज्यले व्यवस्था गरेको महिला तथा बालबालिका लच्छित बजेट कार्यान्वयमा जनप्रतिनिधि एवम् सञ्जालका पदाधिकारीहरु सचेत हुनुपर्ने आवश्यकता औल्याए ।

कार्यपालिका सदस्य हिरादेवी सुनार, महिला तथा बालबालिका कार्यक्रम संयोजक गिता थापा, विभिन्न वडाका वडाअध्यक्षहरुले कार्यक्रमको महत्व र आवश्यकता माथि प्रकाश पार्नुभएको सो कार्यक्रमा गाउँपालिका महिला जनप्रतिनिधि, सञ्चालनका पदाधिकारी, सम्वन्धित शाखाका कर्मचारी सहित ५० जनाको सहभागिता रहेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.