www.tandavnews.com
Fact ~ In search of truth

नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

काठमाडौँ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ ।

मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न, यहाँ जडिबुटीको केन्द्र स्थापना गर्न र नेपाली किसानलाई इजरायली वन र कृषि प्रविधि सिकाउनका लागि इजरायलसँग सहयोगका लागि आग्रह गरे ।

Batas

उनले भने, ‘इजरायलले नेपालको कृषि क्षेत्रमा निकै उल्लेख्य सहयोग गरेको छ, अब वन विकासका क्षेत्रमा पनि सहयोग गर्न आग्रह गर्दछु ।’ लामो समयदेखि दुई देशबीच कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहँदै आएको जनाउँदै मन्त्री आलेले आगामी दिनमा वन विकासका क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए ।

मन्त्री आलेले इजरायल नेपाली कामदारका लागि सुरक्षित गन्तव्यका रूपमा रहेको बताउँदै आगामी दिनमा पनि त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा इजरायली राजदूत गोल्डबर्गरले वनसहित अन्य क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल आतुर रहेको बताए ।

राजदूत गोल्डबर्गरले भने, ‘हामीले नेपालका कृषि, पर्यटनलगायत थुप्रै क्षेत्रको विकासमा सहयोग गर्दै आएका छौँ, अब वन विकासका क्षेत्रमा पनि सहयोग अगाडि बढाउँछौँ । सो अवसरमा वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीलगायतको सहभागिता थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.