www.tandavnews.com
Fact ~ In search of truth

सिनेमा संवाद एट घान्द्रुकःसिनेमा र पर्यटन क्षेत्रको सहकार्यमा जोड

पोखरा,
ताण्डव न्यूज ।

यतिबेला कोरोनाबाट अति प्रभावित मध्ये पर्यटन र सिने क्षेत्र प्रमुख हुन् । कोरोना महामारीको चपेटामा यि दुबै क्षेत्रलाइ पुनः लयमा फर्काउनका लागि प्रयास थालिएको छ ।

पर्यटन, सिनेमा र साहित्यलाइ आपसमा जोड्दै समग्र क्षेत्रको विकाशका लागि चलचित्र पत्रकार संघ कास्कीले प्रयास थालेको हो । सिनेमा संवाद एट घान्द्रुक नामक कार्यक्रम मार्फत कोरोना संक्रमण महामारी पछि यस क्षेत्रलाइ कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा छलफल सम्पन्न गरेको हो ।

Batas

दुइवटा सत्रमा आयोजित बहसमा सहभागि वक्ताहरुले पर्यटनको विकासमा सिनेमा र साहित्य क्षेत्रले विशेष योगदान दिन सक्ने बताए । कार्यक्रम अन्तर्गत पहिलो सत्रमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराई, चलचित्र निर्देशक सुदर्शन थापासँग पत्रकार बासु मिश्रले संवाद गरे ।

संवादका क्रममा परिषद अध्यक्ष भट्टराइले सिने क्षेत्रले पर्यटकलाइ आकर्षित गरिरहेको बताउँदै तालमेल गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । पर्यटकहरुको रोजाइमा पर्ने ठाउँहरुलाइ सिनेमाले अझ बढि उजागर गरिरहेको भन्दै आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए ।

सो अवसरमा निर्देशक थापाले नेपाललाइ विश्व बजारमै पहिचान दिलाउन समेत चलचित्र क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पर्यटन प्रर्वद्धनका लागि सिने क्षेत्रले उल्लेख्य योगदान पुर्याएको उनको भनाइ छ । तर पर्यटन क्षेत्रले सिने क्षेत्रलाइ संस्थागत रुपमा सहयोग गर्नुपर्नेमा उनको जोड थियो । अझैपनि नेपाली सिनेमा भन्दा विदेशी सिनेमा प्राथमिकतामा परेकोले सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा दुइवटा सत्रमध्ये दोश्रो सत्रमा सिनेमा साहित्य सम्बन्ध र साझेदारी शिर्षकमा कलाकार दिपकराज गिरी, साहित्यकार भूषिता वशिष्ठ, र गनेश पौडेलसँग सञ्चारकर्मी दिनेश डिसीले संवाद गर्दैछन् ।

कार्यक्रमका लागि पोखरा र काठमाडौँबाट गरी ५५ जनाको टोली सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित घान्द्रुक पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.