www.tandavnews.com
Fact ~ In search of truth

सिनेमा साहित्यः सम्बन्ध र साझेदारी

घान्द्रुक (कास्की)

नेपाली साहित्यीक कृति सेतो बाघ, वसन्ती, झोलादेखि लिएर पछिल्लो पुस्ताले अत्याधिक रुचाइएको उपन्यास समर लभ माथि सिनेमा बनेका छन् । केही कृतिले ऐतिहासिक देश कालको कथा बोलेका छन् भने, कुनै कृतिले समसामयिक परिवेशलाई चित्रण गरेका छन् । तीनैको कथामा सिनेमा निर्माण हुँदा साहित्यसँगको सम्बन्धलाई सिनेमाले जोडेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित सुन्दर घान्द्रुक गाउँमा चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको आयोजनामा ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रम’मा दोस्रो तथा अन्तिम सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ विषयमा छलफल चल्यो ।

सेसनमा वक्ताहरुमा कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ र सहजकर्ता दिनेश डिसी थिए । वक्ताहरुसँग सहजकर्ता डिसीले साहित्यीक कृतिमाथि बनेका फिल्महरुको समीक्षा
अनुभवबारे प्रश्न गरे । कवि भूषिताले सिनेमाको संवादमा मौलिकता हुनुपर्ने बताइन् । कलाकार दीपकराज गिरीले लेख्ने चिज र बोल्ने चिज दुबै फरक भएको बताए । ‘व्यावहारिक जीवनसँग जोडिने संवादले सिनेमामा दर्शकलाई जोड्छ । साहित्यबाट सिनेमा रुपान्तरित हुन्छ जब सहजता हुनै पर्छ ।’ साहित्यमाथि सिनेमा पर्याप्त मात्रामा नबन्नुको कारण सिनेमाकर्मी दर्शकसँग डराएको कलाकार गिरीले सुनाए । उनले भने, ‘लेखिने र बोलिनेमा फरक हुन्छ नै । जटिलता हुने कारणले गर्दा पनि होला नेपालमा साहित्यमाथि सिनेमा बनेन् ।’

Batas

लेखक गनेस पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली सिनेमाबाट उत्रिन नसकेको बताए । ‘पञ्चायतमा राजा महेन्द्रले नेपाली चलचित्रमा प्रयोग गरिने संवादलाई शुद्धिकरण गर्न र भाषिक एकीकरण गर्नका लागि पात्रले बोल्ने संवाद मौलिक लागेनन् । त्यसको ह्याबओभर अझै बाँकी छ । सिनेमा कला हो भाषा होइन ।’

आफ्नो परम्परा र संस्कृतिलाई घुसाएर हरेक प्रकारका कला सिनेमा देखाउन सकिने उनले बताए । बलिउड फिल्मको दृश्यलाई उल्लेख गर्दै कुनै भिलेनले हिरोलाई लखेट्दा होली मनाइरहेको दिन खेदेको देखाइने बताए । त्यसले परम्परा र संस्कृतिलाई पनि फिल्मको संवादसँगै चित्रण गरेको उनको भनाई थियो ।

यता कलाकार गिरीले भने एकाध बनेका चलचित्रलाई गनेर चलचित्र क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने बताए । प्रजातन्त्रको पुर्नस्थापना पछि नै नेपाली सिनेमाको उत्थान भएको बताए । ३० वर्षको मात्र नेपाली सिनेमाले यात्रा पार गरेको उनले बताए । ‘उपन्यासमा डायलग थोरै र विवरण धेरै हुन्छन् । सिनेमा दृश्य भाषामा बोल्नु पर्ने हुन्छ त्यसमा पनि सीमितता छ । अर्को बजेटले पनि प्रभाव पार्छ,’ कलाकार गिरीले भने, ‘मार्केटले भन्छ, दुई करोड भन्दा माथि लग्यो भने डुब्यौं । एउटा भिलेनले हिरोलाई लखेटेको सिन देखाउनलाई होली सिनका लागि पाँच सय मान्छे जम्मा पार्न बजेटले नथेग्ने हुन्छ ।’ साहित्यसँग सिनेमाको साझेदारीको प्रश्नमा कवि भूषिताले सिनेमाकर्मी साहित्यकारहरुसँग डराउन नहुने बताइन् ।

सिनेमा संवाद कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल टुरिजम बोर्ड, इसेवा, कुटी रिर्सोट एण्ड स्पा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन व्यवस्थापन समिति घान्द्रुक, परिचय एडभरटाइजिब, गुरुब चलचित्र शिरसुबा, अमृत लामा फाउन्डेसन घान्द्रुक, मूल आमा समूह घान्द्रुक र डाँडा गाउँ युवा परिवार घान्द्रुकले सहयोग रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.