www.tandavnews.com
Fact ~ In search of truth

१ हजार ३ सय २७ एम्पुल लागूऔषध सहित ४ जना पक्राउ

पोखरा
ताण्डव न्यूज ।

१ हजार ३ सय २७ एम्पुल लागूऔषधसहित नवलपरासी पूर्वमा ४ जना पक्राउ परेका छन् ।

लागूऔषध ओसारपसारमा संलग्न ४ जना नवलपरासी विनयी त्रिवेणी नगरपालिका–१ दुम्किवास बजार स्थित पूर्व पश्चिम राजमार्गबाट पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

प्रकाउ पर्नेमा मोरङ विराटनगर नगरपालिका ६का १९ वर्षीय विशाल मुसहर, तनहूँ ब्यास नगरपालिका १ का २७ वर्षीय मिन बहादुर थापामगर, चितवन रत्नगर नगरपालिका २ का २० वर्षीय अनुरुप अधिकारी र धादिङ जलजला गाउँपालिका ५ का १७ वर्षीय सन्दिप अधिकारी रहेका छन् ।

भैरहवाबाट काठमाडौँ जादैँ गरेको लु २ ख ७८१ नम्बरको बसमा सवार विशालको साथबाट ३९८ एम्पुल नुर्फिन,३९८ फेनारगन, डाईजापाम ३९६ एम्पुल गरि ११९२ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै ना ३ ख ३४६४ नम्बरको बसमा सवार तनहुँका मिनको साथबाट २८ एम्पुल नोफिन,२८ एम्पुल फेनारगन र २८ एम्पुल डाईजापाम गरि ८४ एम्पुल लागूऔषध बरामद भएको छ ।

ग १ ख ९९८८ नम्बरको बसमा सवार चितवनका अनुरुप र धादिङका सन्दिपको साथबाट नोफिन १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजापाम १७ गरि जम्मा ५१ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.