www.tandavnews.com
Fact ~ In search of truth

दोलखाको आठ मतदान केन्द्र परिर्वतन गर्न सिफारिस,नामावली अद्यावधिक गरिँदै

दोलखा ।

सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको आम निर्वाचनलाई लक्षित गर्दै दोलखाको आठ मतदान केन्द्र परिर्वतन गर्न सिफारिस भएको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये दुई गाउँपालिका र एक नगरपालिकाले विभिन्न ठाउँमा रहेको मतदान केन्द्रहरु हटाएर नयाँ ठाउँमा मतदान केन्द्र तोक्नका लागि निर्वाचन आयोगमा पठाउन सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी गोमा धमलाले जानकारी दिए ।

Batas

प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखसहितको सिफारिस समितिले जिरी नगरपालिका–४ को नेपाली सेनाको पुरानो आवास भवन रहेको ठाउँको मतदान केन्द्र मतदाताहरुलाई पायक पर्ने र सुरक्षाको दृष्टिकोणले समेत उपयुक्त नभएको जनाउँदै वडा नं ४ को वडा कार्यालय भवनमा सार्नका लागि सिफारिस गरेको छ ।

त्यस्तै सैलुङ गाउँपालिका–१ सरस्वती प्राविमा रहेको केन्द्र परिर्वतन गरी वडा कार्यालय भवन, वडा नं २ गाविस भवनमा रहेको केन्द्र नवीन माविमा, वडा नं ३ जुगेश्वरी आधारभूत विद्यालयमा रहेको केन्द्र गाउँपालिका भवनमा, वडा नं ६ को सैलुङ एकेडेमीमा रहेको केन्द्र वडा कार्यालय भवनमा, वडा नं ७ को सागुते माविमा रहेको केन्द्र वडा कार्यालय भवन र वडा नं ८ को गाविस भवनमा रहेको केन्द्र शारदा माविमा सार्न सिफारिस गरेको छ ।

वैत्येश्वर गाउँपालिका–८ क्षत्रवती माविमा रहेको केन्द्र वडा कार्यालयको भवनमा सार्नका लागि सिफारिस गरेको छ । सिफारिस भएका अधिकांश ठाउँ मतदाताहरुका लागि पायक नभएको र सुरक्षाको दुष्टिकोणले सार्नका लागि सिफारिस गरेको समितिले जनाएको छ ।

मध्यावधि निर्वाचनका लागि तयारी गर्नका लागि निर्वाचन कार्यालयले आयोजना गरेको सर्वदलीय बैठकमा ती मतदान केन्द्र सार्नका लागि निवेदन प्राप्त भएसँगै प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीको टोलीले स्थलगत अनुगमन गरेका थिए । सुरक्षा प्रमुखसहितको टोलीले स्थलगत अवलोकनपश्चात् केन्द्र सार्नका लागि सिफारिस भएको हो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.